दफा ४४
सहमति बमोजिम हुने
(१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै कसूरका सम्बन्धमा क्षतिपूर्ति लिने दिने सम्बन्धमा पीडित र कसूरदारले कुनै सहमति गर्न सक्नेछन् ।
(२) उपदफा (१) बमोजिमको सहमति मनासिब देखिए अदालतले त्यस्तो सहमति बमोजिमको क्षतिपूर्तिको आदेश गर्न सक्नेछ ।